काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार राति एक सूचना जारी गर्दै प्राधिकरणले सो क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानबारे जानकारी लिन आग्रह गरेको हो ।
सूचनामा प्राधिकरणबाट प्रकाशन गरिने पूर्व सूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न र आवश्यक पूर्व तयारी गरेर मात्र यात्रामा निस्किन सबैलाई आग्रह गरेको छ ।
साथै लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij