Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी आन्दोलन सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण

जेनजी आन्दोलन सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ  :  अनेरास्ववियु काठमाडौँ जिल्ला पूर्व इन्चार्ज धर्मराज तिमिल्सिना नेतृत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराइएको छ।

उक्त जानकारी अनेरास्ववियु काठमाडौँ जिल्ला अध्यक्ष निराजन थापाले दिएका छन्।ध्यानाकर्षण पत्रमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजधानी काठमाडौँसहित देशभर भएका तोडफोड, आगजनी, लुटपाट, निजी तथा सार्वजनिक सम्पत्तिको नोक्सानी, नागरिकलाई आतङ्कित पार्ने तथा जनधनको क्षति पुर्‍याउने घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

पत्रमा भनिएको छ, “भीड नियन्त्रणका क्रममा भएका मृत्यु तथा घाइतेका घटनासँगै सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक प्रचार–प्रसार र विदेशी प्रयोजनका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रश्न उठाएको छ।”

सामाजिक सञ्जालमा सक्रिय केही व्यक्ति तथा संस्थाहरू– जस्तै बालेन शाह, बारबरा फाउन्डेसन, हामी नेपाल, सुदन गुरुङ र रुटिन अफ नेपाल बन्दले आन्दोलनलाई हिंसात्मक दिशातर्फ उक्साएको आरोप पत्रमा उल्लेख गरिएको छ।

पत्रमा हाल प्रधानमन्त्री सुशीला कार्कीले विदेशी स्वीकृतिमा आधारित निर्णय गरिरहेको भन्ने आरोपहरूबारे पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ।नेपाल सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै पत्रमा भनिएको छ,“प्रधानमन्त्री वा मन्त्री बन्न विदेशी स्वीकृति वा दबाब आवश्यक पर्छ भन्ने भ्रम दूर गर्न सरकारको स्पष्ट धारणा आउनुपर्छ।” अन्त्यमा, राज्यको मर्यादा, शान्ति–सुरक्षा र नागरिक जीवनको रक्षा गर्न सरकारलाई तत्काल निष्पक्ष अनुसन्धान र कानुनी कदम चाल्न अनेरास्ववियुले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij