Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेब्रास्काकी अड्री एकर्टलाई मिस यूएसएको ताज

नेब्रास्काकी अड्री एकर्टलाई मिस यूएसएको ताज

न्युयोर्क : लामो समयदेखि विवादित रहँदै आएको मिस यूएसए प्रतियोगिता नयाँ व्यवस्थापनमा फर्किएको छ । यसपालि नेब्रास्काकी अड्री एकर्टले ताज जितेकी छन् । २२ वर्षीया डिजिटल सेफ्टी एड्भोकेट एकर्टले नेवादाको रेनोस्थित ग्रान्ड सियरा रिसोर्टमा ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारिन् । प्रतियोगितामा न्यू जर्सीकी आइभी ह्यारिङटन र ओरेगनकी चान्टे म्याकइन्टायर क्रमशः फस्ट र सेकेन्ड रनर-अप भए ।

यो कार्यक्रम विगत १८ महिनादेखि विवादमा फसेको थियो । खासगरी, मिस यूएसए २०२३ नोएलिया भोइटले दुर्व्यवहारको आरोपसहित राजीनामा दिएपछि नेतृत्व परिवर्तन भएको थियो । नयाँ आयोजकहरूले यसलाई ‘नयाँ युग’ को रूपमा घोषणा गरेका छन् । पाँच दिनसम्म चलेको यो प्रतियोगितामा स्विमवियर, इभिनिङवेयर र निर्णायकहरूसँगको प्रश्नोत्तर समावेश थियो ।

परम्पराविपरीत उनलाई गत वर्षकी विजेता अल्मा कुपरले नभई वर्तमान मिस युनिभर्स भिक्टोरिया केयर थेल्भिगले ताज पहिर्‍याइन् । यसैबिच, गत वर्ष राजीनामा दिएकी नोएलिया भोइट बुधबारको प्रारम्भिक प्रतियोगितामा सह-होस्टको रूपमा आश्चर्यजनक रूपमा फिर्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट