Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नवलपुरमा तिहारमा २६ वटा सवारी दुर्घटना, ४ जनाको मृत्यु

नवलपुरमा तिहारमा २६ वटा सवारी दुर्घटना, ४ जनाको मृत्यु

नवलपुर : तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारी साधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए ।

दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ । जिल्लामा भित्री सडक खण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए ।

जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे । ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij