Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ : ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले बताए ।

गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij