काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि महानगरभित्र ९ वटा स्थान तोकेको छ । भक्तजनको सुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउने व्यवस्था मिलाएको महानगर प्रहरी बलले जानकारी दिएको हो ।
काठमाडौंबासीलाई छठ पर्वको लागि स्थान छनौट गरेर नगर प्रहरीले व्यवस्थापन गरिरहेको छ । महानगरका अनुसार कमलपोखरी, गौरीघाट, १४ नम्बर वडाको बोक्सीदह, बागमती दोभान, १३ नम्बर वडाको टंकेश्वर यस्तै कुमारी क्लब बल्खु, कुलेश्वरको भलिबल चौर, २० नम्बर वडाको रामघाट र बालाजु बाइसधारामा स्थान तोकिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij