काठमाडौँ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ।शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका- २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो। एकजनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो।
आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए। दुर्घटनामा १० जना घाइते भएका छन्।
घाइते हुनेमा आठविसकोट नगरपालिका- २ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन्। त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। ९ घाइतेको उपचारजिल्ला अस्पताल सल्लेमा भइरहेको छ। जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।
जीप सडकबाट ७०० मिटर तल खसेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij