काठमाडौँ : प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण भइरहेको औषधि बरामद गरेको छ । प्रहरी वृत महाराजगञ्जको टोलीले टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसी बाट सो औषधि बरामद गरेको हो ।
चिकित्सकको अनुमतिबिना बिक्री वितरण गरिएको भन्ने सूचनाका आधारमा गरिएको छापामा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतमले सञ्चालन गरेको पाइएको छ । औषधि व्यवस्था विभागसँगको समन्वयपछि ती औषधि मापदण्ड विपरीत बिक्री गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij