Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मौसम महाशाखाको सूचना: अधिकांश प्रदेशमा मौसम सफा रहने

मौसम महाशाखाको सूचना: अधिकांश प्रदेशमा मौसम सफा रहने

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने केही स्थानमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

दिउँसो देशका अधिकांश भागमा घाम लाग्ने भए पनि पहाडी क्षेत्रहरूमा हल्का बादल देखिन सक्ने महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा फुस्से हिमपातको संभावना रहेको बताइएको छ। अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले किसान, यात्रु र पर्वतारोहण गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij