Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यस्तो छ तपाइको आजको राशिफल

यस्तो छ तपाइको आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्ला। पारिवारिक समस्याले खर्चमा वृद्धि हुनेछ। पशुधन वा कृषि क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रमले आँटेका कार्यसम्पादन हुनेछन्। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग पाइएला। अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। पहिला गरेका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारसँग सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरा गर्न नसक्ने वचन कसैलाई नदिनुहोस्। प्रेम सम्बन्धलाई सुमधुर रहनेछ। युवावर्गहरु करियरलाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरीको लागि अनुबन्ध स्वीकार हुनेछ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या होला खानपिनमा सजगता अपनाउनुहोस्। ऋण दिनबाट बच्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रशासनिक वा राज्यपक्षबाट सोचेजस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आफन्तहरूसँग कुनै कुरालाई लिएर विवाद बढ्न सक्छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा काम बिग्रिने डरले मनमा अज्ञात भय रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अध्यात्मतिर झुकाव रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आय आर्जनका नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथी बाट उपहार मिल्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भावमा कमी आउनेछ साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस। बोलिको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij