जनकपुरधाम : दिपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वका तयारी तिब्र बनेका छन् । मिथिलाञ्चलको सांस्कृतिक र धार्मिक महत्त्व बोकेको यो पर्वलाई स्वागत गर्न जनकपुरधामका विभिन्न पोखरी र तालहरूलाई स्थानीयको सहयोगमा श्रृङ्गार गर्न थालिएको छ । गङ्गासागर, धनुषसागर, रत्नसागर, दशरथ तलाउ, दूधमतीघाटलगायतका घाटमा सरसफाइ र सजावटको काम जारी छ ।
नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार, यस वर्ष पनि हजारौं श्रद्धालु छठमा सहभागी हुने अपेक्षा गरिएको छ । बजारमा छठका सामग्री खरिद गर्न मानिसहरूको भीड बढेको छ भने वस्तुहरूका मूल्य विगतको तुलनामा केही बढेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार, छठ पर्वका क्रममा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठघाटहरूमा अतिरिक्त प्रहरी परिचालन गरी भीड व्यवस्थापन र सुरक्षामा ध्यान दिइने जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij