Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा अखिल (क्रान्तिकारी)द्धारा बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन

चितवनमा अखिल (क्रान्तिकारी)द्धारा बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन

चितवन : अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिले आइतबार बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ  ।                                                         भरतपुरको चौविसकोठी चोकमा गरिएको कार्यक्रममा सहभागीहरूले जोशीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनको साहस, समर्पण र बलिदानलाई सदैव स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरे।                                                     बिपिन जोशीको कथा केवल व्यक्तिगत पीडामा सीमित नभई हजारौं नेपाली युवाको साझा नियति बनेको भन्दै अखिल क्रान्तिकारीले दुःख व्यक्त गरेको छ। लर्न एण्ड अर्न कार्यक्रम मार्फत इजरायल पुगेका जोशी परिश्रम र स्वाभिमानको सपना बोकेर विदेशिएका थिए। तर, गाजा क्षेत्रमा हमासद्वारा बन्धक बनाएको बेलामा बिपिनको हत्या भएको थियो ।

दीप प्रज्वलन मार्फत सहभागीहरूले जोशीका अधुरा सपना, संघर्ष र योगदानलाई सम्झिँदै देशभित्रै नयाँ परिवर्तन र चेतनाको ज्वाला बाल्ने प्रतिज्ञा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट