तनहुँ : यहाँको व्यास नगरपालिका वडा नम्बर ४ शितलचोकस्थित भित्री सडकखण्डमा साेमबार साँझ एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा व्यास नगरपालिका वडा नम्बर १० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।