काठमाडौँ : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एक जना अपरिचित युवकले दुर्व्यवहार गरेका छन् ।
सातदोबाटोबाट आफ्नो घर तर्फ जाँदै गर्दा सोमबार आफूलाई जेनजी बताउने युवकले दुर्व्यवहार गरेका हुन् ।अधिकारीले घटनाबारे सुरक्षा निकायमा जानकारी गराएका छन् । घटनाबारे बुझ्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने,‘सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाएका छौँ ।’अधिकारी अहिले सुरक्षित आफ्नो घरमा पुगेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij