काठमाडाैं : विपीन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ। सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन्। विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि इजरायली राजदुत लगायत पुगेका थिए।
जोशी लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेका थिए। सन् २०२३ अक्टोवर ७ मा हमासले इजरायलमा आक्रमण गर्यो। आक्रमणका क्रममा १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाले ज्यान गुमाए।
बङ्करमा रहेका साथीहरूको ज्यान जोगाउन साहसका साथ लडाकुले हानेको ग्रिनेड टिपेर बाहिरै फ्याँकेका विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij