मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको अवसर मिल्दा पनि भने जस्तो लाभ नमिल्ला। रोकिएका कार्य अगाडि बढ्नेछन्। आफुले गरेको मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोगले व्यापार व्यवसायमा नँया निर्णय लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूबाट लाभ लिने अवसर प्राप्त हुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने छ। वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो लाभ नमिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिबन्धले अप्ठ्यारा स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक वा सामाजिक स्थिति सबल हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारमा चलिरहेको वादविवाद सुल्झिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक समस्या सुल्झ्याउन सकिनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यको लागि खानपीनमा सजग रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्नेछ। आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। रोकिएका कार्यसम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij