Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा दुई दिने बृहत् शैक्षिक गोष्ठी सम्पन्न

बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा दुई दिने बृहत् शैक्षिक गोष्ठी सम्पन्न

धादिङ :  बेनीघाट रोराङ गाउँपालिका–१० को कोट थाप्केस्थित पदमचौर आधारभूत विद्यालयमा दुई दिने बृहत् शैक्षिक गोष्ठी सम्पन्न भएको छ । शिक्षामा गुणस्तरीय सुधार र दीर्घकालीन रणनीति निर्माण गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु भएको गोष्ठी आज (शनिबार) सम्पन्न भएको हो ।

गोष्ठीमा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबाबु पौडेल, शिक्षा शाखा प्रमुख बोधराज पाठक, विभिन्न राजनितिकदलका प्रतिनिधि,विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबीचको समन्वय शिक्षामा सुधारको आधारशिला भएको बताउनुभयो ।उहाँले शिक्षामा गुणात्मक फड्को मार्न सबै पक्षबीचको गहिरो संवाद र साझेदारी आवश्यक रहेको र यस्ता कार्यशालाले भविष्यको नीति निर्माणमा मार्गदर्शन गर्ने बताउनुभयो ।अध्यक्ष थपलियाका अनुसार कार्यशालाबाट प्राप्त सुझावहरूलाई गाउँपालिकाको आगामी नीति, योजना र बजेट निर्माणमा समावेश गरिनेछ ।

5114b9e6-306a-4e26-9286-309aa3046fc21760800058.jpeg

गोष्ठीमा सहभागी अभिभावकहरूले विद्यार्थीहरूको नियमित उपस्थिति, अनुशासन र संस्कारमा सुधार, तथा विद्यालय–घरबीचको समन्वय अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।त्यस्तै, शिक्षकहरूले सिकाइलाई प्रभावकारी बनाउनका लागि विषयगत पाठ्यक्रम परिमार्जन,स्रोत–साधन को उपलब्धता, प्राविधिक सहयोग र तालिमको निरन्तरता, वैज्ञानिक मूल्याङ्कन प्रणालीको कार्यान्वयन जस्ता विषयमा सुझाव दिएका छन् ।गोष्ठीमा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू, विद्यार्थीको मनोबल, शिक्षकको भूमिका, र अभिभावकको सहभागितालाई समेटेर समूहगत छलफल र प्रस्तुति गरिएको थियो ।

सहभागीहरूका अनुसार यस्ता गोष्ठीहरूले शिक्षा नीतिमा आधारित, तथ्यमा आधारित, र व्यवहारमा लागू गर्न सकिने योजना बनाउन सहयोग पुग्ने भएकाले निरन्तरता दिनु जरूरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij