Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अगरबत्ती उद्योगमा आगलागी

अगरबत्ती उद्योगमा आगलागी

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । आज बिहान न्यु जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेसिन, सीसीटिभी क्यामेरा, कम्प्युटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड मूल्य बढीको क्षति भएको बताए ।

सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं विपद् व्यवस्थापन समितिका संयोजक मुक्तिनाथ यादव (भोला) ले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij