Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कपिलवस्तुमा सवारी दुर्घटना, एक युवकको मृत्यु

कपिलवस्तुमा सवारी दुर्घटना, एक युवकको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा सवारी दुर्घटना परेर एक युवकको मृत्यु भएको छ । शनिबार जिल्लाको कपिलवस्तु नगरपालिका ९ जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका ९ भलवाडका २८ वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँका अर्का युवक सुजन सुनारको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनलाई उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी सधानको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij