Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अफगान तालिबान र पाकिस्तानबिच दोहामा शान्ति वार्ता हुने

अफगान तालिबान र पाकिस्तानबिच दोहामा शान्ति वार्ता हुने

दोहा : अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबिच जारी द्वन्द्व चलिरहेको छ । यो विषयमा शुक्रबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ । तालिबानको सामाजिक सञ्जाल खाताबाट प्राप्त जानकारी अनुसार, रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगानिस्तानको इस्लामिक इमिरेट्सको प्रतिनिधिमण्डल र पाकिस्तानका कयौँ गुप्तचर तथा सुरक्षा अधिकारीहरूले शुक्रबार दोहामा वार्ता गर्नेछन् ।

यद्यपि, पाकिस्तानले यस विषयमा कुनै विवरण शेयर गरेको छैन । बीबीसी उर्दूका अनुसार, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै कतारले यो प्रस्ताव गरेको बताएका छन् ।

दक्षिणी अफगानिस्तानको कान्दहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी सेना र तालिबान सरकारी सेनाबिच झडप भएको छ । पछिल्ला केही दिनदेखि सीमा क्षेत्रमा भइरहेको झडपमा दुवै पक्षका धेरै व्यक्ति मारिएका र घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट