Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शताब्दीको सम्बन्धविच्छेद : पूर्वपत्नीलाई १ अर्ब डलर दिनबाट जोगिए अर्बपति

शताब्दीको सम्बन्धविच्छेद : पूर्वपत्नीलाई १ अर्ब डलर दिनबाट जोगिए अर्बपति

सिओल : दक्षिण कोरियाको सर्वोच्च अदालतले ‘शताब्दीको सम्बन्धविच्छेद’ भनिएको एक मुद्दामा अर्बपति चे टाय-वोनलाई उनकी पूर्वपत्नीलाई १.३८ खर्ब वन (१ अर्ब डलर) दिनुपर्ने तल्लो अदालतको आदेश खारेज गरेको छ। सम्पत्तिको मूल्यमा गलत गणना भएको भन्दै सर्वोच्च अदालतले उक्त मुद्दालाई पुनरावलोकन गर्न आदेश दिएको हो।

शक्तिशाली एसके समूहका प्रमुख चे टाय–वोन र पूर्वराष्ट्रपतिकी छोरी रो सो–यङ बिचको यो मुद्दाले दक्षिण कोरियामा निकै चर्चा पाएको छ। चेले आफ्नी प्रेमिकाबाट बच्चा भएको स्वीकार गरेपछि सन् २०१५ मा उनीहरूको वैवाहिक सम्बन्ध टुटेको थियो।

सन् २०२४ मा सियोलको एक अदालतले १.३८ खर्ब वनको क्षतिपूर्ति तोकेको थियो, जुन त्यो समयमा दक्षिण कोरियाको इतिहासकै सबैभन्दा ठूलो सम्बन्धविच्छेदको फैसला मानिएको थियो । तल्लो अदालतले रो सो–यङका पिता, पूर्वराष्ट्रपति रो ताय–वूको ३० अर्ब वनको ‘स्लश फन्ड’ ले एसके समूहको वृद्धिमा योगदान पुर्‍याएको र यसलाई संयुक्त सम्पत्ति मान्न सकिने तर्क गरेको थियो।

तर, बिहीबार सर्वोच्च अदालतले उक्त स्लश फन्ड पूर्व राष्ट्रपतिले ‘अवैध रूपमा लिएको घुसबाट उत्पन्न भएको’ देखिएको र यसलाई दम्पतीको सम्पत्तिको रूपमा मान्न नमिल्ने फैसला सुनायो। यद्यपि, सर्वोच्च अदालतले रो सो-यङलाई २ अर्ब वनको गुजारा भत्ता दिने आदेश भने कायम राखेको छ।

यस फैसलापछि एसकेको शेयर ५.४ प्रतिशतले घटेको छ, किनकि यसले चे र उनकी पूर्वपत्नी बिचको कानूनी लडाईलाई लम्ब्याउने देखिएको छ। चे एसके समूहका मुख्य सहायक कम्पनीहरू जस्तै एसके टेलिकम र एसके इनोभेसनलाई नियन्त्रण गर्छन्। -बीबीसी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट