गाजा : हमासले मङ्गलबार राति इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक शव इजरायली बन्धकको नभएको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले बताएको छ । फोरेन्सिक मेडिसिनको राष्ट्रिय संस्थानमा परीक्षण पूरा भएपछि इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले इजरायललाई बुझाएको चौथो शव कुनै पनि बन्धकसँग मेल खाँदैन।’ सेनाले हमासलाई मृतक बन्धकहरू फिर्ता गर्न आवश्यक सबै प्रयास गर्नुपर्ने बताएको छ।
गत फेब्रुअरी २०२५ मा भएको बन्धक सम्झौताको समयमा पनि हमासले शङ्कास्पद तरिकाले शव हस्तान्तरण गरेको थियो। त्यो समयमा हमासले दिएको एउटा शव ३२ वर्षीया इजरायली आमा शिरी बिबासको भएको दाबी गरिएको थियो।
तर, फोरेन्सिक परीक्षणमा उक्त अवशेष प्यालेस्टिनी महिलाको भएको पुष्टि भएको थियो, जसलाई इजरायलले सम्झौताको गम्भीर उल्लङ्घन मानेको थियो। यद्यपि, हमासले बिबासको अवशेष अर्को दिन फिर्ता गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij