Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सिरहामा घुर्मी किनारबाट नवजात शिशुको बचाउ

सिरहामा घुर्मी किनारबाट नवजात शिशुको बचाउ

सिरहा : सिरहाको गोलबजार नगरपालिका–१०स्थित घुर्मी खोलाको किनारको झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका जिइँदै अवस्थामा फेला परेकी छिन्।

स्थानीय बासिन्दा रामदुलार यादवले झाडीभित्र रोएको आवाज सुनेपछि वडाध्यक्ष उपेन्द्र मुखियालाई जानकारी गराएका थिए। त्यसपछि घटनास्थल पुगेका मुखियाले बालिकालाई सुरक्षित रूपमा उद्धार गरी उपचारका लागि वर्धमान अस्पताल, गोलबजारमा पठाएका हुन्।

अस्पतालकाअनुसार शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आवश्यक उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाको टोली घटनास्थल पुगेको छ। प्रहरी प्रवक्ता एवं सूचना अधिकारी रमेश बहादुर पालले यसबारे अनुसन्धान भइरहेको जनाए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij