धनकुटा : धनकुटामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको भने १ जना गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।
दुर्घटनास्थलमा मृत्यु भएकी महिलाको पहिचान खुल्न सकेको छैन। अनुहार र जीउभरि मबिल लागेको कारण पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिनुभयो। गम्भीर घाइते भएका एक जनाको पनि धनकुटा अस्पतालमा उपचार भइरहेको छ। उनको पनि पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा अन्य ७ जना यात्रुहरू घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बस उकालो टायर पड्किएर दुर्घटना भएको भनिएपनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बसको ढोकामा रहेका यात्रु हताहति भएको र अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij