Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

तनहुँमा बस र स्कुटर ठक्करमा दुईजनाको निधन

तनहुँमा बस र स्कुटर ठक्करमा दुईजनाको निधन

दमौली (तनहुँ) : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बस र स्कुटरको ठक्करमा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेका छन्। शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो।

घाइते भएका स्कुटर चालक पुनराम गुरुङको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का घाइते मनोज गुरुङको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले दुर्घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij