Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आन्दोलनपछि मणिपालले बढायो नर्सको तलब

आन्दोलनपछि मणिपालले बढायो नर्सको तलब

पोखरा : पोखरास्थित मणिपाल शिक्षण अस्पतालद्वारा नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै तलब बढाएको छ । नर्सिङ कर्मचारीहरूलाई न्यून पारिश्रमिकमा काम गराएर श्रम शोषण गरेको भन्ने आरोपहरूलाई अस्पतालले खण्डन गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै आरोपहरू भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ ।

अस्पताल त्यस्ता आरोपप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,´ मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, `मणिपाल शिक्षण अस्पताल विगत तीन दशकदेखि गण्डकी प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।´ अस्पतालका अनुसार, नर्सिङ कर्मचारीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ मासिक तलब र अन्य तोकिएका सुविधाहरू अनुसार नै तलब प्रदान गर्दै आएको जनाएको छ ।

यस्तै, नयाँ तलब तथा भत्ता समेत घोषणा गरेको छ । नयाँ निर्णयअनुसार बिएस्सी र बिएन स्टाफ नर्सलाई २९ हजार ५ हजार ८७ मासिक तलब भत्ता तोकेको छ । तर पूरा तलब पाउन काम गरेको १ वर्ष पुग्नुपर्ने सर्त राखेको छ । यस्तै, पिसिएल स्टाफ नर्सका लागि २८ हजार ५ सय २७ र सिएमए र अनमीका लागि २६ हजार ५ सय २७ तलब तोकेको छ । यसबाहेक अस्पतालले नर्सिङ कर्मचारीहरूलाई खाना बापत ६ सय रुपैयाँ र आवासीय होस्टेल सुविधा दिइरहेको जनाएको छ । नर्सहरूले गरेको आन्दोलनमा भने अस्पतालले आपत्ति जनाएको छ ।

`कुनै पनि सार्वजनिक निकाय वा सङ्गठनमा जस्तै यस अस्पतालमा पनि केही कर्मचारीहरूको कार्यसम्पादनमा कहिलेकाहिँ प्रश्न उठ्न सक्छ,´ अस्पतालले विज्ञप्तिमा भनेको छ, `यस्तो अवस्थामा सम्बन्धित कर्मचारीहरूलाई नयाँ नीति नियमहरूको पालना गर्ने, कार्यशैलीमा सुधार गर्ने, सेवामा समर्पित हुने, तोकिएको समयमा कार्य सम्पन्न गर्ने, तोकिएको कार्य क्षेत्र भित्र रही काम गर्ने, टिम वर्कमा विश्वास गर्ने, असल व्यवहार गर्ने, काममा समयनिष्ठ हुने, र काममा लगनशील हुनुपर्छ ।´

कार्यरत नर्सिङ कर्मचारीहरूले आकस्मिक रूपमा आफ्नो कार्यस्थल छोडेर तलब भत्ता वृद्धि नभएसम्म संवेदनशील विभागमा बिरामीलाई छोड्नु गलत भएको तर्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij