काठमाडौँ : प्लोस्टाइन अधिनस्थ गाजा क्षेत्रका ८० प्रतिशतभन्दा बढी भवन क्षतिग्रस्त भएको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गाजामा पुनर्निर्माणको आवश्यकताबारे मूल्याङ्कन गरिरहेको छ । सोही क्रममा यूएनडीपीले गाजा क्षेत्रमा ८० प्रतिशतभन्दा बढी भवन ध्वस्त वा क्षतिग्रस्त भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गाजा सहरमा मात्र यो दर ९२ प्रतिशत रहेको जनाइएको छ । जेनेभामा यूएनडीपीका प्रवक्ताले गाजामा भएको क्षतिलाई ‘विनाशकारी’ भनेका छन् । गाजामा कम्तीमा पनि ५ करोड ५० लाख टन भग्नावशेष हटाउन आवश्यक रहेको यूएनडीपीको भनाइ छ ।
यूएनडीपीले गाजा क्षेत्रमा सफाइको काम सुरु गरेको छ । यद्यपि विस्फोट नभएका केही विस्फोटक पदार्थका कारण काममा बाधा पुगेको यो संस्थाले जनाएको छ । संयुक्त राष्ट्र संघ, यूरोपेली संघ र विश्व बैंकद्वारा गरिएको लागत अनुमान अनुसार गाजा क्षेत्रलाई फेरि बसोबासयोग्य बनाउन कम्तीमा ७० बिलियन डलर आवश्यक पर्ने देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij