मुम्बई : डिजाइनर मनिष मल्होत्राले शनिबार आफ्नो घरमा आयोजना गरेको दिपावली पार्टीमा थुप्रै बलिउड सेलिब्रिटीहरू सहभागी भए । यस अवसरमा, नीता अम्बानीले आफ्नो लुकले सबैको ध्यान आफूतिर खिचिन्। तर, यसको सबैभन्दा ठूलो चर्चा उनको लुक मात्र नभएर हातमा बोकेको पर्स बन्यो, जसको मूल्य करिब १५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
नीता अम्बानीले मनिष मल्होत्राले डिजाइन गरेको सिग्नेचर सिल्भर सिक्वेन साडी लगाएकी थिइन्। यो साडीमा मसिनो शेभरन डिटेलिङ थियो, जसले यसलाई थप आकर्षक बनाएको थियो। आफ्नो लुकलाई पूर्णता दिन उनले मुटु आकारको कोलम्बियन पन्ना भएको झुम्का र मिल्दोजुल्दो पन्ना र हिराको ब्रेसलेट लगाएकी थिइन्।
यसका साथै, उनले हर्मिसको एक विशेष संस्करणको मिनी बिर्किन ब्याग बोकेकी थिइन्, जसको मूल्य लगभग १५ करोड भारतीय रुपैयाँ रहेको छ । यता, नीता अम्बानीकी बुहारी राधिका मर्चेन्ट पनि अफ-ह्वाइट साडीमा निकै सुन्दर देखिएकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij