काठमाडौँ : भूमि समस्या समाधान आयोग खारेज गरिएको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठन* देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन्। अखिल नेपाल किसान महासङ्घले सोमबार पत्रकार सम्मेलन गरेर मंगलबारदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले विरोधस्वरूप मंगलबार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए।
अध्यक्ष दङ्गालले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक र मुक्त कमैयाहरूलाई संविधानले एक पटक भूमि उपलब्ध गराउने व्यवस्था गरेको भए तापनि निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताएका छन्।
उनले यस आन्दोलनमा भूमिहीन किसान र अभियन्ताहरू सहभागी हुने जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij