काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको हवाला दिँदै चन्दा सङ्कलन गरिएको पाइएको छ ।
विभिन्न परियोजना,कोष,सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम,आर्थिक सङ्कलन गरिरहेको सूचना प्राप्त भएपछि साेमबार प्रधानमन्त्रीको कार्यालयले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ,'प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासनलाई जानकारी गराउन समेत भनिएको छ ।
साथै नेपालबाहिर बसेर त्यस्तो अनधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोगमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij