गाजा : हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) लाई दुई मृत बन्दीहरूको शव हस्तान्तरण गरेको इजरायली सेनाले जानकारी दिएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै ती शवहरू अहिले गाजामा रहेका आईडीएफ र शिन बेट सुरक्षा बलहरूतर्फ लगिँदै गरेको बताएको छ । सेनाका अनुसार यी दुई शव हस्तान्तरण गरिएपछि थप दुई बन्दीका शव पनि हस्तान्तरण गरिनेछ ।आईडीएफले मृतक बन्दीहरूको नाम भने खुलाएको छैन। यसअघि हमासले आज इजरायललाई फिर्ता गरिने भन्दै चार जना बन्दीको नाम सार्वजनिक गरेको थियो। यसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ ।
यद्यपि, हमास वा रेड क्रस दुवैले अहिलेसम्म यो हस्तान्तरणको पुष्टि गरिसकेका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij