काठमाडौँ : हमासले नेपालका विपीन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। जोशीसहित चारजना बन्धकको शव आजै इजरायललाई बुझाउने भएको हो।
हमासको सैन्य शाखाले चारजना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार इजरायललाई इ इलौज,योस्सी शराबी, विपीन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागिएको हो।
हमासले आजै जीवित २० जनालाई मुक्त गरेको थियो। मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जनासम्मको हुनसक्ने बताइएको छ।
हमासले पछिल्लोपल्ट सन् २०२३ को ७ अक्टोबरमा किबुज क्षेत्रमा आक्रमण गर्दा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए।
आक्रमणको भोलिपल्टै इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो। विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij