Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एजेन्डामा सहमति नजुटेपछि सर्‍यो कांग्रेस कार्यसम्पादन समिति बैठक

एजेन्डामा सहमति नजुटेपछि सर्‍यो कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौँ : केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ । सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij