उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ०२, मोथिहाईस्थित कच्ची भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान करिब ८:२० बजे म.प्र. ०१-००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँकी करिब ७९ वर्षीया तेत्रि देबी चौधरीको मृत्यु भएको हो।
ट्याक्टरले ठक्कर दिएलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर, अस्पतालका चिकित्सकले बिहान ८:४० बजे मृत घोषणा गरेका हुन् । दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका करिब २४ वर्षीय धर्मेन्द्र राजधामी तत्काल फरार भएका छन् । उनको खोजी भइरहेको छ।
यता, ट्याक्टरका साहु सोही ठाउँका करिब ४० वर्षीय रामनिवास राजधामीलाई भने जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij