काठमाडौँ : नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ ।आइतबार भक्तपुरको गुण्डुमा करिब १० घण्टा बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार चुनावको वातावरण बनाउन भन्दा पनि बिगार्नतर्फ लागेको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको छ । पार्टी र नेताहरूलाई आफ्ना गतिविधि गर्न नदिएर सरकार नै चुनावको वातावरण बिगार्न लागेको हाम्रो निष्कर्ष छ ।
घटनाक्रमहरूले मुलुक चुनाव हुने दिशातिर अघि नबढेको उनले बताए । ‘नेताहरूलाई निश्चित ठाउँमा राखेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन’, ज्ञवालीले भने, ‘लोकतन्त्रको आत्म नै मरिरहेको छ । त्यसैले हामीले चुनाव हुने आधार नै देखेका छैनौ ।’
साथै एमालेले लोकतन्त्र र संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ । एमालेले संसद् विघटन असंवैधानिक भएको बताउँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij