Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको थाई लायनको जहाज लखनउमा अवतरण, किन भयो डाइभर्ट ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको थाई लायनको जहाज लखनउमा अवतरण, किन भयो डाइभर्ट ?

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ लाइन एयरवेजको विमान लखनउ डाइभर्ट भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उडान नम्बर ‘टीएलएम २२०’ को उक्त विमान आइतबार अपराह्न अवतरण हुन नसकेपछि डाइभर्ट गरिएको हो ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘मिसअप्रोच’का कारण डाइभर्ट गरिएको हो ।

‘ल्यान्ड गर्न विमानस्थलमा धेरै प्राविधिक कुरा मिल्नुपर्छ, त्यसमध्ये एउटा पनि मिलेन भने यसलाई मिसअग्रोच भनिन्छ,’ शेर्पाले भने, ‘यस्तो अवस्थामा ल्यान्ड गर्न सकिँदैन, त्यसैले लखनउ पठाइएको हो । अब कहिले आउने वा आउने कि नआउने भन्ने निर्णय भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij