बुटवल : भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो ।
नेपालगन्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । आज मुख्यमन्त्री चेतनारायण आचार्य सेवा सञ्चालनको अवस्थाबारे जानकारी दिँदै पुरानै लयका कामलाई फर्काउनको लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री आचार्य नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डल आज उक्त कार्यालयमा पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए । उक्त यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरू हुने गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij