Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

शिक्षामन्त्री पुनकोको आग्रह : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’

शिक्षामन्त्री पुनकोको आग्रह : ‘गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनुहोस्’

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गुटबन्दी र खुट्टा तानातान गरेर राष्ट्रिय हितका लागि फाइदा नभएर झनै धेरै नोक्सान हुने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा प्रस्तुत गर्दै अहिलेको परिवेशमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न अनुरोध छन्।

गुटबन्दी र खुट्टा तानातान गरियो भने भने कसलाई फाइदा हुन्छ भन्ने कुरा इतिहासबाट पनि सिक्न सकिने भन्दै मन्त्री पुनले गुटबन्दी नगर्न जेन–जी सहितका राष्ट्रलाई माया गर्ने नेपालीहरूमा अनुरोध गरेका हुन्।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेन–जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान ग¥यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौँ।’ उनले लेखेका छन्।

विसं २०४६ साल देखि २०८२ सालको अचानक विस्फोटन भएको जेन–जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गर्न अनुरोध गर्दै उनले राजनीतिक पार्टीहरूबिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको बताएका छन्। त्यसैको परिणाम स्वरूप जेन–जीहरू र आम जनताहरू मिलेर विस्फोटन स्वरूप आन्दोलन गरेको भन्दै मन्त्री पुनले आन्दोलन जेन–जीहरूले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका उल्लेख गरेका छन्।

चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बरबाद भएको देख्न नसकेर जनता चरम आक्रोशित भएकाले यो अवस्था आएको उनको भनाइ छ।

आफूले उल्लेख गरेका इतिहासका केही तथ्यहरू हेरेर जेन–जीहरूले पाठ सिक्न अनुरोध गर्दै उनले जेन–जी एउटा निश्चित उमेरका युवाहरूको समूह भएको र राजनीतिक सङ्गठन नभएको उल्लेख गरेका छन्। जेन–जी ले देशमा सुशासन ल्याउन चाहेको, भ्रष्टाचार निर्मूल पार्न चाहेको, नेपाललाई समृद्ध देश बनाउने सपना देखेको तर त्यसका लागि जेन–जीहरूमा एकताको अत्यन्तै खाँचो देखेको पुनले बताएका छन्।

जेन–जी हरूमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदै गरेको भन्दै उनले मातृभूमिको अस्तित्वको लागि गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहो¥याउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij