Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते

काठमाडौं : अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। सीबीएसका अनुसार राज्यको राजधानी ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डको मुख्य सडकमा शुक्रबार मध्यराततिर गोली चलेको हो।

चार जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ। अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन। स्थानीय समयअनुसार शुक्रबार लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि राति आयोजना गरिएको भेलामा गोली प्रहार भएको थियो। ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट