Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

न्यू स्पिडी मा. वि मा एक दिने स्वास्थ्य जाँच : २२ जना अभिभावक लाभान्वित

न्यू स्पिडी मा. वि मा एक दिने स्वास्थ्य जाँच : २२ जना अभिभावक लाभान्वित

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं. १० कृष्ण मन्दिरमा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य जाँच शिविर गरिएकोछ ।न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयको आयोजना तथा एञ्जल फाउन्डेशन भण्डारा शाखाको सहयोगमा शनिवार विद्यालय परिसरमा पाईल्स, फिस्टुला, फिसर र गुप्त रोगको स्वास्थ्य जाँच गरिएको हो ।

उक्त शिविरमा सोही विद्यालयका २२ जना विद्यार्थीका अभिभावकहरूले स्वास्थ्य जाँच गराई लाभ लिएको प्राधानाध्यापक अर्जुन वहादुर थापाले जानकारी दिए ।शिविरमा डा. विनय प्रधान, डा. अस्मिता ओली, डा. निशा ओली लगाएत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परिक्षण गर्नुका साथै उपचारमा लाग्ने खर्च ५० प्रतिशत छुट दिई ल्याव पिरक्षण र औषधि निस्शुल्क रूपमा बितरण गरिएको प्राधानाध्यापक थापाले बताए ।

पाईल्स, फिस्टुला, फिसरका बिरामीहरूलाई बिना अप्रेसन रबर ब्यान्ड लिगेशन प्रबिधिद्वारा सफल उपचार गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं शिक्षक डिल्लीराम पोखरेलले जानकारी दिए ।

उपचार गरेका बिरामीहरूलाई एञ्जल फाउन्डेशनले एक/एक हप्ताको अवधिमा स्वास्थ्य अवस्थाबारे जाँचबुझ गर्नेछ । विद्यालयमै स्वास्थ्य जाँच भएपछि विद्यार्थीका अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट