Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

काठमाडौँ : तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्‍याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु ।

हामी प्राय: तेल खेर नजाओस् भनेर यसो गर्छौँ, तर यो तपाईंको स्वास्थ्यसँग ठुलो खेलबाड हो । जुन तेललाई हामी खेर जान नदिएर बारम्बार तताउँछौँ, त्यो वास्तवमा हाम्रो शरीरमा विष घोलिरहेको हुन्छ।

बारम्बार तताउँदा तेल किन बन्छ विष?

जब हामी तेललाई पटक-पटक तताउँछौँ, तब त्यसबाट केही विषाक्त यौगिकहरू र फ्री रेडिकल्स निस्कन थाल्छन्। यी फ्री रेडिकल्सले हाम्रो कोशिकाहरूलाई सीधा क्षति पुर्‍याउँछन्, जसले क्यान्सरको जोखिम बढाउँछ । पटक-पटक तताउँदा तेलमा एल्डिहाइड्स र पीएच जस्ता रसायनहरू पनि बन्छन्, जुन कार्सिनोजेनिक हुन्छन्। यसको मतलब, यी रसायनहरूमा शरीरमा क्यान्सर पैदा गर्ने क्षमता हुन्छ।

स्ट्रिट फुड खाँदा होसियार

डाक्टरका अनुसार, एक सर्वेक्षणमा धेरै स्ट्रिट फुड बिक्रेताहरूले एउटै तेललाई ४-५ पटकसम्म प्रयोग गर्छन्। उनीहरूको पसलबाट लिइएको तेलको नमुनामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुई गुणा बढी विषाक्त तत्त्वहरू पाइएका थिए।

अब प्रश्न उठ्छ, हामीले के गर्ने?

सधैँ ताजा तेल प्रयोग गर्ने । एक पटक प्रयोग गरिसकेको तेललाई फेरि प्रयोग गर्नबाट बच्ने । तोरीको तेल र बदामको तेल जस्ता स्वस्थ विकल्पहरू छान्ने । यी तेलहरू स्वास्थ्यका लागि राम्रो मानिन्छन्। जैतुनको तेल (‌ओलिभ ओयल) सही तरिकाले प्रयोग गर्ने । खाना पकाउनका लागि जैतुनको तेल प्रयोग नगर्ने। यसको सट्टा एक्स्ट्रा भर्जिन ओलिभ ओयल प्रयोग गर्ने । तर यसलाई सलाद वा हल्का ड्रेसिङका लागि मात्र प्रयोग गर्न सकिन्छ।

आफ्नो खानामा तरेको खानेकुराको मात्रा घटाएर त्यसको ठाउँमा बेक र स्टीम गरिएका खानेकुरा समावेश गर्ने । यदि सम्भव हुन्छ भने, खाना पकाउनका लागि शुद्ध गाईको घिउको प्रयोग गर्ने। यसलाई सबैभन्दा सुरक्षित र स्वस्थ विकल्प मानिन्छ।

अस्वीकरण: लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन। यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट