काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदीप आचार्य दोहोरिएका छन् । शुक्रबार सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका उनलाई लगत्तै बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि पनि बैंकको अध्यक्ष थिए ।
बैंकको साधारण सभाले संस्थापक समूहअन्तर्गत आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा। पवनकुमार शर्मा निर्विरोध चयन गरेको छ । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij