Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मौसम : मनसुन देशभरबाट बाहिरियो, कोशी प्रदेशमा भने वर्षाको सम्भावना कायमै

मौसम : मनसुन देशभरबाट बाहिरियो, कोशी प्रदेशमा भने वर्षाको सम्भावना कायमै

काठमाडौँ : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij