Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

पोखरा : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु. २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झवीश्वर रेग्मीले जानकारी दिए।

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको विरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र,तस्बीर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।

घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij