Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पाँच दिनमै खुल्यो बीपी राजमार्ग, नेपालथोक-धुलिखेल खण्डमा यातायात सञ्चालन

पाँच दिनमै खुल्यो बीपी राजमार्ग, नेपालथोक-धुलिखेल खण्डमा यातायात सञ्चालन

सिन्धुली : बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलीखेल खण्ड पाँच दिनमै पुनः सञ्चालनमा आएको छ । असोज १८–१९ गते रोशीखोलामा आएको बाढीले अस्थायी ट्याक सडक १६ ठाउँमा बगाएपछि तीन दशमलव पाँच किलोमिटर (३५०० मिटर) सडक अवरुद्ध भएको थियो ।

सिन्धुलीतर्फ तीन र काभ्रेतर्फ १३ स्थानमा डाइभर्सन सडक निर्माण भएपछि शुक्रबारदेखि यातायात सुचारु भएको छ । निर्माणस्थलमै रहेका मुलकोटका होटल व्यवसायी मनोज श्रेष्ठका अनुसार मोटरसाइकल र साना सवारी साधन भकुण्डेहुँदै माम्ती हुँदै सिन्धुलीतर्फ आइरहेका छन् । गत वर्षको बाढीले नेपालथोकदेखि चौकडाँडासम्मको २२ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यतिबेला सडक सञ्चालनमा ल्याउन झन्डै तीन साता लागेको थियो, तर यस वर्ष पाँच दिनमै डाइभर्सन निर्माण भएपछि राजमार्ग पुनः खुल्न सफल भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दुईपटक स्थलगत निरीक्षण गरी द्रुत गतिमा काम गर्न निर्देशन दिएपछि राति–दिन निर्माण कार्य अघि बढाइएको थियो । अब बीपी राजमार्गको धुलीखेल–सिन्धुली–वर्दिवास खण्ड सञ्चालनमा आइसकेको छ। नेपालथोक–धुलीखेल खण्ड पनि खुल्नासाथ सम्पूर्ण राजमार्ग खुला भएको छ । तर, प्रहरीले यात्रुको चाप बढे जाम हुने भएकाले डाइभर्सन प्रयोग गरी यात्रा गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij