Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

फिलिपिन्स भूकम्प : कम्तिमा दुईको मृत्यु

फिलिपिन्स भूकम्प : कम्तिमा दुईको मृत्यु

काठमाडौँ : दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको भूकम्पबाट २ जनाको मृत्यु भएको पुष्टी भएको छ । अलजजिराले स्थानिय अधिकारीहरुलाइ उद्धृत गर्दै मृत्युको संख्या पुष्टी गरेको हो । १० दिन अघि अर्थात सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसमा ७४ जनाको मृत्यु भयो ।

रोयटर्सअनुसार भुकम्पबाट घर,भवनहरु र पुलमा क्षति पुगेको छ । स्थानिय अधिकारीहरुका अनुसार क्षतिको पुर्ण विवरण आइसकेको छैन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार शुक्रबारको भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट