Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अभिनेता अनमोल केसी बिरामी

अभिनेता अनमोल केसी बिरामी

काठमाडौँ : अभिनेता अनमोल केसी बिमारी परेका छन् । केही दिनदेखि उनलाई ज्वरोले सताएको छ । ज्वरोका कारण उनी केही दिनदेखि घरमा आराम गरिरहेको उनका बुबा भुवन केसीले जानकारी दिएका छन् ।

भुवनका अनुसार उनलाई बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल पनि लगिएको थियो । तर पनि उनको ज्वरो घट्न सकेको छैन । अनमोल बिरामी भएका कारण शुक्रबार आयोजित फिल्म ‘जेरी अन टप’ को ट्रेलरमा रिलिज कार्यक्रममा पनि सहभागी हुन सकेनन् ।

फिल्म ‘जेरी अन टप’ आगामी कात्तिक ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा अनमोलको अलावा आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij