सुर्खेत : हुम्लाको देशीखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान ११ बजे भएको सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२ ००१ च १०९८ नम्बरको डबल क्याप जिप चंखेली गाउँपालिका–४, देशीखोलामा सडकबाट करिब ३०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, दुर्घटनामा ९ जना घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ मेलछाम प्रहरी चौकीबाट सशस्त्र प्रहरीको कमान्डमा पाँच जनाको टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij