Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मनसुनी वायू तथा स्थानीय वायूको प्रभाव कमजोर बन्दै, केही स्थानमा हल्का बर्षाको सम्भावना

मनसुनी वायू तथा स्थानीय वायूको प्रभाव कमजोर बन्दै, केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौँ :  जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij