Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी

बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी

काठमाडौँ : बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नाै स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ । बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ ।

विभागका अनुसार डालाबेँसी ५ सय मिटर, कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर, चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।

यस्तै गरी अब माम्ती ४ सय मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २ सय, चिउसीवास १२० मिटर र चारसयबेँसीमा ३ सय मिटरमा मर्मत कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij